चितवन विशेष

अनेरास्ववियु सप्तगण्डकीद्वारा ३२ बुँदे मागसहित क्याम्पस प्रशासनको ध्यानाकर्षण

Banner

चितवन, पुस २५-

अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीले शैक्षिक सुधारका लागि शुक्रबार क्याम्पस प्रशासनलाई ३२ बुँदे मागहित ध्यानाकर्षण गराएको छ ।

क्याम्पस कमिटीका अध्यक्ष हरि आचार्यको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले क्याम्पस प्रमुख मणिराज महतो र सहायक क्याम्पस प्रमुखहरु खिम दाहाल र नारायण रेग्मीलाई सो शैक्षिक सुधारका मागसहित ध्यानाकर्षण गराएको हो । अनेरास्ववियुले विगतमा गरेको सम्झौता पूरा गर्नुपर्ने भन्दै लकडाउन अवधिभरको विद्यार्थी शुल्क मिनाहाको पनि माग गरेको छ । त्यसैगरी अनेरास्ववियुले प्राध्यापक तथा कर्मचारीको दोहोरो जिम्मेवारीबाट हटाउनुपर्ने, क्याम्पस प्रशासनको आचारसहिंता बनाई क्याम्पसको वातावरणलाई सहज बनाउनुपर्ने, पत्रकारिता विषयको लागि स्थापना गरिएको शैक्षिक रेडियो र टिभि ल्याबमा अपुग सामग्री तुरुन्तै खरिद गरी ल्याब सञ्चालन कार्यविधि बनाई सञ्चालनमा ल्याउनलगायत माग राखेका छन् ।

क्याम्पस कमिटीले तत्काल छात्रावृत्ति घोषणा गर्नुपर्नेलगायतको विभिन्न माग राखिएको अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष आचार्यले बताए । क्याम्पसका विद्यार्थीहरुलाई फिल्ड भिजिट गराउन, गेष्ट लेक्चरको व्यवस्था गर्न, एक वर्षमा कम्तीमा ५ वटा अतिरिक्त कार्यक्रमहरु सञ्चालन गरी वार्षिक कार्यक्रममा कम्तीमा तीनवटा आन्तरिक परीक्षा सञ्चालनलगायतका माग अनेरास्ववियुले राखेको छ ।क्याम्पसका विद्यार्थीहरुलाई फिल्ड भिजिट गराउन, गेष्ट लेक्चरको व्यवस्था गर्न, एक वर्षमा कम्तीमा ५ वटा अतिरिक्त कार्यक्रमहरु सञ्चालन गरी वार्षिक कार्यक्रममा कम्तीमा तीनवटा आन्तरिक परीक्षा सञ्चालनलगायतका माग अनेरास्ववियुले राखेको छ ।

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>