Breaking News

प्रचण्ड-नेपाल पक्षलाई रावलको सुझावः सडकमा गएर रूवाबासी गर्नुभन्दा जनतामा जानुहोस

Banner

चितवन,पुस २५-

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा ’पार्वती’ले राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउनेहरूमाथि कडाभन्दा कडा कारवाहीको माग गरेकी छन् । मुलुकका तीन–तीनजना पूर्व प्रधानमन्त्री सहभागी विरोध जुलुसमा लागेको नाराले सारा स्वाभिमानी नेपालीहरूको शिर निहुरिएको उनको भनाइ थियो ।

’मुलुकका तीन–तीनजना पूर्व प्रधानमन्त्री सहभागी भएको जुलुसमा लागेको नारा सुन्दा आज स्वाभिमानी नेपालीहरूको शिर निहुरिएको छ,’ राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति समेत रहेकी सांसद रावलले भनिन्, ’ राष्ट्रपतिको अस्मिता, सतीत्वमाथि प्रहार किन ? यो भन्दा घृणित कार्य के होला ? यो तपाईंहरूको सांस्कृतिक विचलनको पराकाष्टा हो ।’

उनले राजनीतिक एजेण्डा सकिएकै हो त ? भन्दै प्रचण्ड–माधव नेपाल पक्षसँग प्रश्न समेत गरिन् । ’छैन राजनीतिक एजेण्डा ? राजनीतिक एजेण्डा सकिएकै हो त कमरेडहरू ?,’ सांसद रावलले भनिन्, ’यो क्षमायोग्य छैन । सम्माननीय अध्यक्षज्यूमार्फत दोषिमाथि कडाभन्दा कडा कारवाहीको माग गर्न चाहन्छु ।’ उनले सडकमा गएर रूवाबासी गर्नुभन्दा जनतामा जान प्रचण्ड–नेपाल पक्षलाई सुझाव दिइन् । ’सडकमा रूवाबासी गर्नुभन्दा जनताको बीचमा जानु उचित होला,’ सांसद रावलले भनिन्, ’आँट गर्नुस् कमरेडहरू, हिम्मत गर्नुस् । आग्रह, पूर्वाग्रहबाट माथि उठ्नुस्, ‘ नत्र रामराम मात्र भन्न सकिन्छ ।’

प्रधानमन्त्रीविरुद्ध गरिएको षड्यन्त्रका कारण जनतामा जानुभन्दा अर्को विकल्प नभएको पनि उनले बताइन् । ’सरकारविरुद्ध जुन षड्यन्त्र गरियो, त्यस्तो परिस्थितिमा जनतामा जानुभन्दा अर्को विकल्प प्रधानमन्त्रीसँग थिएन । जनतामा जाने कुराको म समर्थन गर्न चाहन्छु । जनतामा जाने र आ–आफ्ना एजेण्डामा भोट माग्ने कुरा नै हितकर होला,’ सांसद रावलले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>