Breaking News

आज चितवनका सबै निर्वाचन क्षेत्रमा काँग्रेसको शक्ति प्रदर्शन,स्थानीयदेखि केन्द्रसम्मका नेताले सम्बोधन गर्ने

Banner

चितवन, पुस २५–

नेपाली काँग्रेस चितवनले आज जिल्लाका सबै निर्वाचन क्षेत्रमा सरकार बिरोध प्रदर्शन गर्दैछ । प्रदर्शनपछि हुने सभामा जिल्लादेखि केन्द्रसम्मका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

काँग्रेस चितवनको मंगलबार बसेको जिल्ला कार्यसमिति वैठकले चितवनमा रहेका प्रदेश स्तरीय क्षेत्रहरुमा हुने प्रदर्शनका लागि प्रतिनिधि समेत तोकिसकेको छ ।
नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार चितवन क्षेत्र नम्बर १ (क) मा सूर्य अर्याल, (ख) मा निता ढकाल, २ (क) मा राजन कार्की, (ख)मा उत्तम जोशी, ३ (क) मा राजिव न्यौपाने र (ख) मा शंकर कँडेललाई प्रतिनिधि तोकेको हो । प्रतिनिधि तोकीएसंगै प्रदर्शन गर्ने स्थान समेत तय गरिएको छ । १ (क)का लागि खैरहनीको खुरखुरे, (ख)का लागि रत्ननगरको टाँडी, २ (क)का लागि कालिका नगरपालिकाको खोलेसिमल तोकिएको छ । यस्तै २(ख)का लागि भरतपुरको हाकिमचोक, ३ (क)का लागि रामपुर र ३ (ख)का लागि शिवनगर तोकिएको सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

सभापति श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सबै प्रदेश स्तरीय क्षेत्रहरुलाई सरकारले चालेको असंबैधानिक र अलोकतान्त्रिक कदमका बिरुद्धमा हुने प्रदर्शनको तयारीमा जुट्न अपिल समेत गरेको छ । केन्द्रिय निर्देशन अनुसार पार्टीले बिरोधको कार्यक्रमहरु संञ्चालन गर्न लागेको र सबै स्थानमा एकै समयमा प्रदर्शन गरिने छ ।
सचिब उत्तम जोशीका अनुसार सबै प्रदेश स्तरीय क्षेत्रहरुमा दिनको १ वजे बिरोध प्रदर्शन गरिने छ । माघ ३ गते हुने स्थानीय तह अन्तर्गतको प्रदर्शनका लागि समेत पार्टीका सबै तहलाई जानकारी गराईएको र तयारीमा लाग्न भातृ संस्था, शुभेच्छुक संस्थाहरुलाई निर्देशन दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>