Breaking News

धनगढीमा ओली नेतृत्वको नेकपाको विशाल शक्ति प्रर्दशन, हजारौं सहभागी (तस्विरमा)

Banner

धनगढी,पुस २४-

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज धनगढीमा विशाल शक्ति प्रर्दशन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद भएपछि ओली र प्रचण्ड नेपाल दुई भिन्न समूह क्रियाशील रहेका बेला धनगढीमा ओली पक्षले प्रर्दशन गरेको हो । प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएका हुन ।

प्रधानमन्त्री ओली नेतृत्वको दलले सुदुरपश्चिममा बुधबार भेला गरेर प्रदेश कमिटीसमेत विस्तार गरेको थियो। सुदुरपश्चिमका ईञ्चार्ज भीम रावललाई कारवाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको थियो। प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद चुलिएको थियो। जसको असर पार्टीभित्र परेको छ र दुई भिन्न समूह क्रियाशील छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>