Breaking News
प्रचण्ड-माधव पक्षलाई ओलीको चुनौति–देशभरमा १० सिट ल्याएर देखाउनुस्
०

काठमाडौं,पुस २४-
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिएका छन् । सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले भने–तपाईहरु चुनाव लड्न किन डराउदै हुनुहुन्छ मलाई थाहा छ । दुई अंकमा जितेर देखाउनुस । देशभरमा १० सिट ल्याएइर देखाउनुस । म चुनौति दिन्छु ।
ओलीले ३ करोड जनता भएको ठाउँमा २ सय ६५ जना पार्टी छाडेर हिड्दैमा कुनै असर नपर्ने टिप्पणी गरे । उनले पार्टी छाडेर जाने भगौडाहरुलाई जनताले सजाय दिने बताए । ओलीले भने–छोरी वुहारी,भाइ भतिजा नाता परिवार र पैसा बाहेक उनीहरुको ध्यान अन्यत्र छैन । काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ । तर आफ्नो पारा देखाइहाले ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























