Breaking News
ओलीले भने– ‘पार्टी छाडेर भागेका भगौडाहरुको कुरा नसुन्नुहोस्’

धनगढी, पुस २४ –
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई पार्टी छाडेर भागेका भगौडाहरु भनेका छन् । ओलीले प्रचण्ड–माधव समूहलाई पार्टी छोडेर हिँडेका भगौडाको कुरा नसुन्न समेत आम सर्वसाधारणलाई आग्रह गरेका छन्।
शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
ओलीले भने ‘तपाईँले पार्टी छोडेर हिँडेका, गाली गर्दै हिँडेका केही भगौडाको कुरा सुन्नु भएको होला। त्यो कुरासँग प्रभावित हुनुपर्ने कुनै कारण छैन’, उनले भने, ‘केन्द्रीय कमिटीको बैठकमा नआएर अन्यत्र, अन्यत्र भागेर हामी यहाँ छौं भन्दै हिड्नेको कुरा सुन्नु पर्दैंन।’
उनले उनीहरू बैठकमा नआएर कहाँ गए भन्दै हेरेको त बाटामा बसेर हामी यहाँ छौं पो भनिरहेका छन् भनेर प्रचण्ड(नेपाल समूहको व्यङ्ग्य समेत गरेका हुन् ।
‘पार्टी केन्द्रीय कमिटीको बैठकमा नगएर सडकमा गएर गाली गलौज गरेर, मुख छाडेर पत्र पत्रिकामा लेखाएर सभ्यता केही छैन’, उनले भने, ‘प्रचण्ड र माधव नेपाल अघि अघि लागेका जुलुसमा सँगै अश्लिल गालीका नाराहरू लाग्छन्।
























