चितवन विशेष

चितवनमा पृथ्वी जयन्ती मनाउने तयारी

Banner

चितवन, पुस २४–

२९९औँ पृथ्वी जयन्तीको अवसर पारेर चितवनमा विशेष कार्यक्रम गर्ने तयारी भएको छ । शाही शक्ति नेपाल चितवनको आयोजनामा आगामी पुस २७ गते भरतपुरमा पैदल र्‍याली सहितको कार्यक्रम हुन लागेको हो ।

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पुस २७ गते बिहान ११ पैदल र्‍याली सुरु गरि दिउँसो २ बजे चौबिसकोठीमा कोणसभा गर्ने तथा साँझ ५ बजे दीप प्रज्ज्वलन गर्ने तय भएको आयोजकले बताएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने कार्यक्रम संयोजक सुनीलकुमार क्षेत्रीले बताउनुभयो । कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्णले नागरिकहरु कार्यक्रम सुरु हुनु अगाडि चौबिसकोटीमा भेला हुनसमेत क्षेत्रीले आग्रह गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>