मकवानपुर

मनहरीमा पाँच केजी गाँजासहित एक पक्राउ

Banner

मकवानपुर, पुस २३–

मकवानपुरको मनहरि गाउँपालिकाबाट पाँच केजी अवैध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का २८ वर्षीय बुद्धिमान तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीको टोलीले मनहरिको वडा नं ७ स्थित मनहरि खोलाको बगरबाट उक्त परिमाणको गाँजासहित उहाँलाई बुधबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख विनोद श्रेष्ठले जानकारी दिए ।

खोलाको बगरमा शङ्कास्पद अवस्थामा हिँडिरहेको देखिएपछि शङ्का लागेर प्रहरीले झोला जाँच गर्दा गाँजा बरामद भएपछि उहाँलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङमाथि आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>