चितवन विशेष

रेडियो देवघाटले १० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउँदै

Banner

चितवन, पुस २३-

 रेडियो देवघाट १०२.६ मेगाहर्जले आफ्नो १० औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । नेपालकै पहिलो धार्मिक रेडियोको रुपमा चिनिएको रेडियो देवघाट आउँदो माघ १ गतेदेखि १० औं वर्षमा प्रवेश गर्न लागेको हो । आज रेडियोले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाउन लागेको जानकारी दिएको हो । वार्षिक उत्सव अन्तर्गत पुस २७ गते देवघाट बसपार्क चितवनमा खुल्ला रक्तदान कार्यक्रम राखिएको छ । यस्तै पुस २८ रेडियो परिसरमा देवघाट क्षेत्रका संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रम तथा सोही दिन अन्तर आमा समूहस्तरीय हाजिरी जवाफ प्रतियोगिता र माघ १ गते वृद्धाश्रमका वृद्धवृद्धालाई फलफूल वितरणसँगै उत्कृष्ट स्रोतालाई रेडियो वितरण कार्यक्रम राखिएको रेडियोका स्टेशन म्यानेजर सुवास लामिछानेले बताए ।

विसं २०६७ सालमा स्थापना भएको रेडियो देवघाट धार्मिक क्षेत्र देवघाटको प्रचारप्रसार र विश्वभर भइरहेका हरेक कुराहरुको जानकारी देवघाट क्षेत्र र आसपासका स्थानीयलाई दिने उद्देश्यले स्थापना भएको हो । सोही अनुरुपको मूल मन्त्रलाई आत्मसात गर्दै अगाडि बढेको रेडियोका उपाध्यक्ष विजयराम शर्मा भुसालले बताए ।  रेडियो संचालकका रुपमा  अहिले ५० जना देवघाटका स्थानीय आबद्ध रहेका छन् । त्यस्तै रेडियोको प्रसारण क्षेत्र तनहँ, चितवन, नवलपरासी, मकवानपुर, धादिङ, लमजुङ र गोरखासम्म रहेको छ । ‘रेडियोमा नेपाली संस्कृतिको संरक्षण र सम्बद्र्धन तथा समाजमा शान्ति र सद्भाव फैलाउने कार्यक्रम समाचार प्राथमिकतामा रहनेछन्’ भुसालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>