चितवन विशेष

मोहनपुरको आधारभूत विद्यालयमा १०० विद्यार्थीलाई स्विटर वितरण

Banner

चितवन, पुस २३-

चितवनमा क्रियाशिल दुई लायन्स क्लबले आधारभूत विद्यालय मोहनपुरमा आज अध्ययनरत विद्यार्थीलाई स्विटर बितरण गरेका छन् ।

विभिन्न सामाजिक तथा मानवीय कार्य गर्दै आएका लायन्स क्लब अफ चितवन नवलपुर समृद्धि र लायन्स क्लब अफ चितवन चौतारीले विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीलाई स्विटर बितरण गरेका हुन् । ५० हजार रुपैयाँ बराबरको स्विटर बितरण गरिएको कार्यक्रम संयोजक डा सुशील अधिकारीले जानकारी दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष अमृतराज हमालले न्यून आय अएका अभिभावकका नानी बाबुहरु अध्ययन गर्ने विद्यालयलाई छनोट गरी सहयोग गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिँदै लायनसँग अरु धेरै कार्यक्रम गर्न आफू इच्छुक रहेको बताए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका प्रथम भाइस डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले स्थानीय सरकारसँग मिलेर आफूहरुले काम गर्ने बताए । उनले स्थानीय स्तरबाट आवश्यकताको छनोट भएर आएको कामले परिणाम दिने भएकाले यस्ता काम गर्न पाउदा लायनहरुले गौरवको महसुस गर्ने बताए ।

कार्यक्रममा लायन्सका डिष्ट्रिक डिपाटमेन्ट चिफहरु भक्तिप्रसाद चालिसे, भरत अधिकारी, एरिया नं ३ का चिफ एरिया को–अर्डिनेटर प्रभाकर पण्डित, एरिया नं ३ का एरिया सचिव पूर्णप्रसाद शर्मा, जोन चियर पर्सन बिनोद पन्त, लायन्स क्लब अफ चितवन चौतरीका अध्यक्ष डा गंगा सापकोटाको उपस्थिति थियो ।

त्यस्तैगरी आधारभूत विद्यालय मोहपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा कृष्णप्रसाद वली, निवर्तमान अध्यक्ष सुरवीर पोखरेल, पूर्वअध्यक्ष तील कुमारी गौतम, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद दवाडी, शिक्षक अभिभावक संघका अध्यक्ष तुलबहादुर हमाललगायत दुवै लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिका अध्यक्ष डा भावना वाग्लेको अध्यक्षतामा भएको थियो ।

त्यसैगरी लायन्स क्लब आफ नारायणगढ नारायणीले सोही विद्यालयमा अध्ययन गर्ने पाँच जना विद्यार्थीका छात्रवृत्ति स्वरुप लागि २० हजार रुपैयाँ प्रदान गरेको छ । त्यस्तै रजनी मास्केले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यालयको अक्षय कोषमा रहनेगरी ६ हजार ५०० रुपैयाँ विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिन् । ५२ वर्ष अगाडि स्थापना भएको विद्यालयले आज विविध कार्यक्रम गरी आफ्नो ५३ औं स्थापना दिवस मनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>