Breaking News

अमेरिकाको राष्ट्रपतिमा जो वाइडेनको जित संसदबाट प्रमाणित

Banner

काठमाडौँ पुष २३-

अमेरिकाको दुवै सदनको संयुक्त बैठकले जो वाइडेनले गत नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचन जितेको प्रमाणित गरेको छ।

आज बसेको बैठक राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अवरुद्ध गरेपछि दोस्रोपटक बसेको बैठकले वाइडेनको जित प्रमाणित गरेको हो। यससँगै वाइडेनका लागि ह्वाइट हाउसमा प्रवेश गर्ने बाटो खुलेको छ। वाइडेनले जनवरी २० मा राष्ट्रपतिका रुपमा सपथ लिनेछन्। यससँगै कमला ह्यारिस पनि उपराष्ट्रपति पदमा अनुमोदित भएकी छिन्।

संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा चुनौति दिइएपनि ती दाबी दुई तिहाई मतले अस्वीकृत भएको थियो।

इलेक्टोरल मतगणनामा वाइडेनले ३०६ मत र ट्रम्पले २३२ जना प्राप्त गरेको घोषणा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले घोषणा गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>