चितवन विशेष

चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

Banner

चितवन, पुस २३–

चितवनका विभिन्न ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । प्रचण्ड–माधव समूहको अनेरास्वियूले गरेको आन्दोलनको घोषणा अनुरुप चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो ।

भरतपुरको सप्तगण्डकी बहुमुखी कलेज, वीरेन्द्र बहुमुखी क्याम्पस, नारायणगढको बालकुमारी कलेजलगायतका स्थान अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो । उनीहरुले ओलिविरुद्ध नाराबाजी गर्दै संसद पुर्नस्थापनाको माग गरेका थिए । उनीहरुले बुधबार साँझ भरतपुरमा सिटी जुलुस समेत निकालेका थिए ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा राजनीतिक रुपमा विभाजित भइसकेको छ । अहिले दुई समूहमा बाडिएर पार्टी आधिकारिकताको दावी गर्दै आइरहेका छन् । संसद विघटनको विरुद्धमा प्रचण्ड–माधव समूहले चरणवद्ध रुपमा आन्दोलन थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>