Breaking News

भरतपुर खानेपानी व्यवस्थापन बोर्डको दुई करोड ५६ लाख बढी महसुल उठेन

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस २२-

भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा दुई करोड ५६ लाख १८ हजार ३५८ रुपैयाँ महसुल उठ्न बाँकी रहेको छ । महसुल नतिर्नेमा सरकारी कार्यालय विभिन्न संघसंस्थादेखि व्यक्तिगत घरसम्म रहेको बोर्डका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी सञ्जय बरालले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ को असारसम्ममा एक करोड ३० लाख ४८ हजार रुपैयाँ महसुल उठाउन बाँकी थियो । चालु आर्थिक वर्ष ०७७/७८ को साँढे पाँच महिनामा एक करोड २५ लाख ७० हजार ३५८ थपिएको हो ।

पटक–पटक ताकेता गर्दा पनि महसुल उठाउन नसकिएको उनले बताए । कुन संस्थाले कति तिर्न बाँकी छ भन्ने डाटा अहिले नराखिएको भन्दै उनले दिन इन्कार गरे । नतिर्नेहरुलाई पटकपटक पत्राचार गरिराखिएको उनले बताए । यस्तै रिडरमार्फत जानकारी पनि गराउने गरिएको छ । जति गरे पनि नतिरेमा अन्तिममा आफूहरु खानेपानीको लाइन काट्न बाध्य हुने उनको भनाइ छ ।

बोर्डको कार्यक्षेत्र समग्र महानगर हो । तर, बोर्डले भरतपुरको १ देखि १६ सम्म र २२ नम्बर वडामा खानेपानी सुविधा पु¥याएको छ । १७ देखि २१ र २३ देखि २९ सम्मका वडामा कुनै ठाउँमा उपभोक्ता समितिमार्फत खानेपानी पुगेका छन् भने कुनै ठाउँमा पुगेका छैनन् । बोर्डले सबै ठाउँमा खानेपानी पु¥याउनका लागि काम गरिरहेको बराल बताउँछन् । यो आर्थिक वर्षमा दुई हजार नयाँ धारा जडान गरिएको उनले बताए । हालसम्म बोर्डका ३० हजार ग्राहक रहेका छन् अर्थात् ३० हजार धारा जडान गरिएका छन् । अब ग्रामीण भेगहरुमा खानेपानी पु¥याउन बाँकी रहेको बरालको भनाइ छ ।

पछिल्ला वर्षमा ग्रामीण भेगमा पानीको पाइप पु¥याइएकाले अनुमान गरिएअुसार महसुुल उठाउन पनि नसिकएको बरालले बताए । ग्रामीण भेगमा पानीको खपत युनिट दर न्यून हुने भएकाले ग्राहकको संख्या बढ्दै गए पनि बिलिङ रकम लक्ष्यभन्दा कम आउने गरेको उनले बताए । ग्रामीण क्षेत्रबाट खर्च पनि उठाउन सकिने अवस्था नरहेको बराल बताउँछन् । यसैले पनि अब खानेपानीको महसुल बढाउनु पर्ने अवस्था आएको उनले बताए । गत आव ०७६/७७ मा प्रति ग्राहक प्रति महिना औसत विलिङ रकम ३०५ हुने अनुमान गरिएकोमा २९० मात्र भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>