Breaking News
प्रचण्ड–माधव निकट अनेरास्ववियुद्वारा भरतपुरमा संसद विघटनविरुद्ध सिठी जुलुस

चितवन, पुुस २२-
अनेरास्ववियु वीरेन्द्र बुहुमुखी क्याम्पसका प्रचण्ड–माधव निकट विद्यार्थीले भरतपुरमा सिठी जुलुुस गरेका छन् ।
प्रतिनिधि सभा विघटनको विरुद्ध युवा विद्यार्थीले जुलुस निकालेका हुन् । जलुस वीरेन्द्र क्याम्पसबाट सुरु भएर चौबिसकोठीमा गइ कोण सभामा परिणत भएको थियो ।
प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरी आगामी वैशाखमा चुनाव घोषणा गरेपछि विरोध र समर्थन गर्नेहरु दुवै निस्केका छन् । विशेषगरी नेकपा भित्रकै प्रचण्ड–माधव पक्षले उक्त कदमविरुद्ध निरन्तर विरोध जनाइरहेको छ । जुलुसमा युवाहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै सांसद विघटन फिर्ता लिन माग गरेका थिए ।
कोणसभामा बोल्दै युवा विद्यार्थी नेता रुकु बस्नेतले ओलीको प्रतिगमनकारी निर्णयविरुद्ध अनेरास्ववियुले निरन्तर आवाज उठाइ रहने बताइन् । उनले भोलि प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको बताउँदै सांसद विघटनको निर्णय खारेज नभए विद्यार्थीहरुले देशभर अझ शसक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिइन् ।
























