Breaking News
संसद पुर्नस्थापनाको माग गर्दै माडीमा प्रचण्ड–माधव निकटअनेरास्ववियूको चक्काजाम
०

चितवन, पुस २२–
असंवैधानिक संसद विघटनकाविरुद्ध र संसद पुर्नस्थापनाको माग गर्दै अनेरास्ववियूले आज (बुधबार) माडीमा ४५ मिनेट चक्काजाम गरेको छ ।
प्रचण्ड–माधव समूहका विद्यार्थी संगठन अनेरास्ववियूको आयोजनामा बसन्तपुर बजार चोकमा ४५ मिनेट चक्काजाम गरिएको हो ।
विहान ८ः३० बजेदेखि ९ः१५ बजेसम्म टायर बालेर प्रदर्शन गर्दै चक्काजाम गरिएको विद्यार्थी नेता मिलन पनेरुले जानकारी दिए । उनीहरुले ओली सरकारविरुद्ध नाराबाजी गरेका थिए । यस्तै विद्यार्थीहरुले सिठ्ठी जुलुस समेत निकालेका छन् ।
प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियूले देशैभर सरकारविरुद्ध चरणबन्द आन्दोलनको कार्यक्रमण घोषणा गरेको छ । सोही अनुरुप आजबाट प्रदर्शन सुरु भएको हो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























