चितवन विशेष

चितवनको कृषि विश्वविद्यालयका रजिष्टारमा थपलिया, सेवा आयोगको अध्यक्षमा मिश्र

Banner

चितवन, पुस २१–

चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको रजिष्टारमा प्रा.डा. शारदा थपलिया नियुक्त भएकी छिन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा. थपलियालाई रजिष्टारमा नियुक्त गरेका हुन् ।

थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति र रजिष्टारको रुपमा काम गरिसकेकी थिइन् । गएको माघ १२ गते प्रा.डा. मनराज कोलाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्टार पद रिक्त थियो ।

यस्तै विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष प्रा.डा. कल्याणी मिश्र त्रिपाठी नियुक्त भएकी छिन् । विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले उनलाई अध्यक्ष नियुक्त गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>