Breaking News
नेकपा प्रचण्ड- नेपाल पक्षको अनेरास्ववियूले गर्यो सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा
०

काठमाडौँ, पुस २१-
नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
बागबजारस्थित अनेरास्ववियू कार्यालयमा बसेको बैठकले यही पुस २१ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।अनेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको छ।पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने उनले जानकारी दिए।
ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























