मनोरञ्जन

शिव परियारको ‘तिम्रो याद भुलाउन’ सार्वजनिक

Banner

काठमाडौं, पुस २१–

गायक शिव परियारको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो याद भुलाउन’बोलको गीतको भिडियोमा सञ्चारकर्मी नरेश भट्टराई र टेलिभिजनकर्मी तथा मोडल साक्षी लम्साल फिचर्ड छन् । गीतमा उमेश रेग्मीको शब्द तथा संगीत, महाराज थापाको संगीत संयोजन छ ।

युवराज वाइवाले निर्देशन गरेको भिडियोमा प्रेमिकाले छाडेपछि उसको याद भुलाउन एउटा प्रेमीले मदिराको सहारा लिएको देखाईएको छ । याद भुलाउन मदिराको सहारा लिँदा प्रेमीले आफूलाई अझ विगारिरहेको सन्देश भिडियोमा ब्यक्त गरिएको छ । गीतबारे गायक शिव परियार भन्छन्, ‘यसलाई राम्रो आधुनिक गीतका रुपमा चित्रण गर्न चाहन्छु । गीतले नशा पिएर रमाईलो गर्ने भन्दा पनि नशा पिएर म खराव भएँ भन्ने म्यासेज दिन्छ । पक्कै स्रोता–दर्शकले मन पराउनुहुनेछ ।’

लामो समयदेखि संचारकर्ममा सक्रिय नरेश भट्टराई पछिल्लो समय लगातार म्युजिक भिडियोमा ब्यस्त हुन थालेका छन् । यो भिडियोबाट दर्शकको माया पाउनेमा उनी विश्वस्त छन् ।

https://www.youtube.com/watch?v=oloDLBqJUxQ

लामो समयदेखि अमेरिका बस्दै आएका उमेश रेग्मीको शब्द तथा संगीतमा अहिलेका धेरै चलेका गायक–गायिकाले गीत गाईसकेका छन् । अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रेग्मीको ‘बाबाको दुई पैसे जागिर, मेरो याद तिमीलाई आउँछ आउँदैन’, ‘मैले गर्ने मायामा’, ‘प्रिय तिम्रो तस्विर’, ‘छोरी’ लगायत गीत चर्चित छन् ।

सुनसरी इनरुवा निवासी रेग्मी लामो समय धरानमा संघर्ष गरेर अमेरिका पुगेका हुन्। रेग्मीले आफ्नो जन्म स्थलको सम्झनामा सुनसरी इनरुवालाई समेटेर गीत बनाई रहेका छन्,उक्त गीत छिट्टै सार्वजनिक गरिने उनले बताए।

निसल पौडेलले छायाँकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । गीतको भिडियो गोत्र इन्टरटेन्टमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>