Breaking News

बेलायतमा फेरि लकडाउन घोषणा, एकैदिन भेटिए ५० हजार बढी कोरोना संक्रमित

Banner

लण्डन, पुस २१–

बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ । नयाँ खाले कोरोना भाइरसको संक्रमण रोक्न बेलायत सरकारले पुनः लकडाउन घोषणा गरेको हो ।

सोमबार टेलिभिजन सम्बोधनमार्फत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन्। पछिल्लो समय बेलायतमा कोरोनाभाइरसका संक्रमित ह्वात्तै बढेपछि स्वास्थ्य प्रणाली नै समस्यामा नपरोस् भनेर लकडाउन गरिएको जोन्सनले बताएका छन्।

बेलायतले अक्सफोर्डरअष्ट्राजेन्काले बनाएको कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्ने बताएको केही घन्टापछि नै बोरिसले लकडाउन घोषणा गरेका हुन्।

सबैभन्दा पहिला बेलायतमै देखिएको र अहिले अरू मुलुकमा पनि फैलिसकेको नयाँखाले कोरोनाभाइरसको संक्रमण रोक्न आपतकालीन कदम चाल्नु आवश्यक रहेको जोन्सनले बताएका छन्। लकडाउन मंगलबारदेखि नै सुरू हुने र कम्तिमा पनि फेब्रुअरी १५ सम्म लागु हुने बताइएको छ।

पछिल्लो समय बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको थियो। सोमबारमात्रै त्यहाँ ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको थियो भने ४ सय ७ जनाले ज्यान गुमाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>