Breaking News

प्रचण्ड-माधव पक्षले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटायो

Banner

काठमाडौं,पुस २०-

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)ले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जबाट हटाउने निर्णय गरेको छ। दुई दिन बसेर सामेबार सकिएको स्थायी कमिटी बैठकले गण्डकी प्रदेश इन्चार्ज रहेका गुरुङको ठाँउमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ। त्यस्तै लुम्बिनी प्रदेश इन्चार्ज पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई जिम्मा दिएको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । उनीहरु दुवै जना ओली पक्षमा छन्।

बैठकले गण्डकी प्रदेशको सहइन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राख्ने निर्णय गरेको छ। त्यस्तै प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ। प्रदेश कमिटी सचिव गोविन्द नेपाली ओली पक्षमा लागेपछि थकालीलाई ल्याइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>