Breaking News

ओलीले सिंहदरबार र बालुवाटारको आतंकवाद छोड्नु पर्छः नेता भट्टराई

Banner

चितवन, पुस २०

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री ओलीले सिंहदरबार र बालुवाटारमा बसेर गर्ने आतंकवाद बन्द गर्नुपर्ने बताएका छन् ।

नेकपा माधव–प्रचण्ड समूहको अगुवा कार्यकर्ता भेलामा नेता भट्टराईले केपी ओलीले स्वयं संविधान र प्रणालीलाई ध्वस्त बनाएर आतंकवादी काम गरेको बताएका हुन् । उनले भने, ‘ पार्टीले कस्तो नेतालाई प्रधानमन्त्री बनाए छौं भन्ने लागेको छ । ओलीको हालत एक दिन ज्ञानेन्द्रले जस्तै अवस्थामा पुग्छ ।’ उनले प्रधानमन्त्रीको मानसिक सन्तुलन पनि ठिक नभएको आरोप लगाए । जिउँदो नेतालाई श्रद्धाञ्जली दिनु जस्तो निकृष्ट र अमानवीय कार्य अरु नभएको उनले बताए । उनले भने, ‘प्रधानमन्त्रीको बोलीमा अशिष्टता, गालीगलौज, भण्डाफोर रहेकोले त्यो सार्वजनिक पदमा बसेको व्यक्तिले यस्तो बोली बोल्न सुहाउँदैन । ’

त्यसैगरी कार्यक्रममा नेता भट्टराईले संसदको घाँटी निमोठ्न प्रधानमन्त्रीलाई संविधानले कुनै अधिकार नदिएको बताए । उनले भने, ‘प्रतिनिधिसभालाई मार्न पाइँदैन ।’ कार्यक्रममा नेता भट्टराईले झण्डा, सूर्य चिन्ह केपी ओली गुटले नपाउने पनि दाबी गरे । दलसम्बन्धी कानुनमा व्यवस्था भए अनुसार आफूहरुसँग स्थायी कमिटी, सचिवालय र केन्द्रीय समितिमा बहुमत सदस्यहरु रहेको उनले बताए । उनले भने, ‘ केपी ओलीले बहुदलीय जनवाद र नेकपा एमाले आफैले समाप्त पारिसकेका छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>