Breaking News

चितवनमा गृहमन्त्रीको विरोध गर्दै प्रचण्ड-नेपाल समूहले कालो बेलुन उडाए

Banner

चितवन,पुस २०-

गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध गृहजिल्ला चितवनमा प्रचण्ड-नेपाल पक्षका कार्यकताद्धारा कालो बेलुन उडाएर विरोध गरिएको छ । प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप उनिहरुले कालो बेलुन उडाएर प्रदर्शन गरेका हुन् । आज एके समय पारेर प्रधानमन्त्री केपी ओली र प्रचण्ड नेपाल पक्षले कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रमस्थल भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध प्रचण्ड-नेपाल समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन्।

प्रचण्ड-नेपाल पक्ष समर्थकहरुले विभिन्न कार्यालय, होटल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन्। बादल लाल गद्धार, संवैधानिक कूुका मतियार लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ। पूर्वमाओवादी समूहबाट गृहमन्त्री समेत भएका बादल संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>