Breaking News

५० थान गोलीसहित त्रिभुवन विमानस्थलबाट एक जना पक्राउ

Banner

काठमाडौं, पुस २०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा मेचीनगर स्थित २ का बद्रीहाङ राई रहेका छन् । एसएसपी राजेशनाथ बास्तोलाका अनुसार राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेका हुन् ।

राईलाई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जादैँ गर्दा चेकजाँचको क्रममा विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको हो । राईमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>