चितवन विशेष

चितवनमा नेकपा (ओली समूह) को भेला आजः थापा,पोखरेल र बस्नेतले सम्बोधन गर्ने

Banner

चितवन,पुस २०-

नेपाल कम्युनिष्ट पार्टी (ओली समूह) चितवनको अगुवा कार्यकर्ता भेला आज सोमबार हुँदैछ । भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेत, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सह ईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ। भरतपुर महानगरपालिका वडा नं.१२, वसन्तचोक स्थित स्मार्ट पार्टी प्यालेसमा कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । नेकपामा उत्पन्न परिस्थितिकाबीच हुन लागेको यस कार्यक्रमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>