Breaking News
कोरोनाले बन्द भएका सबै क्षेत्र खुल्ला, बन्द गर्ने अधिकार जिल्ला तहलाई

काठमाडौं, पुस १९–
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बन्द भएका विद्यालयलगायत सबै क्षेत्र खुल्ला गर्ने निर्णय गरेको छ ।
कोरोनाका कारण २०७६ चैतदेखि बन्द भएका विद्यालयहरु, चलचित्र हललगायतका सबै क्षेत्र खुल्ला गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिनुभयो ।
























