चितवन विशेष

मूर्ति चोरेको अभियोगमा रत्ननगरका वडा सदस्यसहित तीनजना पक्राउ

Banner

चितवन,पुस १९-

मूर्ति चोरेको अभियोगमा चितवनको रत्ननगर नगरपालिकाबाट वडा सदस्यसहित ३ जना पक्राउ परेका छन् । २७ किलोको बुद्धको मूर्ति चोरीमा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका १२ का वडा सदस्य ठूलोकान्छा तामाङ, रत्ननगर १२ कै सुरज तामाङ र रत्ननगर ११ का रोजबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । पुस १६ गते पक्राउ परेका उनीहरुलाई शनिबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।

उनीहरुले रत्ननगर १२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाएर राखिएको अवस्थामा अन्दाजी १०० वर्ष पुरानो पुरातात्विक महत्वको पित्तलको मूर्ति बरामद भएको ईलाका टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताउनुभयो । उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । दोषी ठहर भए उनीहरुलाई ५ देखि १५ बर्षसम्म कैद हुन सक्ने कार्कीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>