Breaking News

खिया लागेका दुई नट फुक्लिए पनि पार्टी अघि बढेको छ: प्रधानमन्त्री ओली

Banner

काठमाडौँ, पुस १८-

प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको बताएका छन् ।

प्रधानमन्त्रीनिकट समूहको काठमाडौं जिल्ला कमिटीले गरेको सभामा बोल्दै प्रधानमन्त्रीले असली नेकपा आफैं भएको दाबी पनि गरे । ‘हिजो निर्वाचन आयोगबाट प्राप्त गरेँ । उहाँहरूले निवेदन हाल्नुभएको रहेछ हामी सक्कली हो भनेर। बरमझियाको पेडा पसल हो र सक्कली र नक्कली भन्नलाई ?,’ ओलीले भने।

अहिले प्रचण्ड–माधव नेपाल असली हुँ भन्दै पेरिसडाँडा गएको भन्दै उनले त्यस्तो प्रश्न गरे । ‘हिजो निर्वाचन आयोगले मलाई सोध्यो, जसको घर हो त्यो निवेदन हाल्न जान्छ, जसको जमिन हो मेरो जमिन हो भनिरहन्छ ? यो मेरो गाडी हो भनेर निवेदन हाल्न जानुपर्छ ?,’ उनले भने, ‘निवेदन हाल्न जानुपर्ने आवश्यकता छैन ।’

उनले देशको कानुन र नियमावली अनसार पार्टी चलाइरहेको बताए । ‘भेट्नो कुहिएर झरेका दुई वटा फलले रुखै मै हुँ भन्ने ?,’ उनले प्रश्न गरे । ओलीले नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेताबाट आफूले नहटाएको पनि बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>