चितवन विशेष

चितवनका पत्रकारद्वारा पेसागत सुरक्षाको माग

Banner

भरतपुर, पुस १८-

पेसागत सुरक्षाका लागि पहल गर्न पत्रकारहरुले माग गरेका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर–११ को जखेडीमाइमा गरेको अन्तरक्रिया कार्यक्रममा चितवनका पत्रकारले कोरोनाका कारण बिस्थापित बनेकालाई पुनर्बहाली गर्ने काम अभियान चलाउन सुझाउँदै पेसागत सुरक्षाको माग गरेका हुन् ।

नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सञ्चारकर्मीलाई उचित पारिश्रमिक दिलाउनुपर्ने बताए । उनले पत्रकारले नागरिकको अधिकारबारे बोल्ने भएकाले पत्रकारको पेशागत सुरक्षा गरिनुपर्ने बताए । शाखाका निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले श्रमजीवी पत्रकारको पेसागत हकहितका लागि सक्रिय भएर लाग्ने बताए । उनले पत्रकारको क्षमता विकासमा लाग्ने प्रतिबद्धता जनाए । उनले रोजगारविहीन बनेका दक्ष पत्रकारलाई उचित रोजगारीको वातावरण बनाउने दाबी गरे । मिडिया बचाउने काममा प्रेस युनियनले नेतृत्व लिने बताए । शाखा अध्यक्ष अनिल ढकालले पत्रकारलाई सक्षम र दक्ष बनाउने कार्ययोजना बनाइने दाबी गरे । उनले पत्रकारलाई कमजोर बनाउने नदिइने बताए ।

प्रेस युनियन चितवनका सल्लाहकार पूर्ण शर्माले पत्रकारको संख्या कटौती हुन पुग्नु दुःखद् भएको बताए । उनले मिडिया हाउस सञ्चालकसँग पहल गरेर पत्रकारको पेसागत सुरक्षा गरिनुपर्ने बताए । पत्रकार विप्लव काफ्लेले कोभिडको बहानामा बिस्थापित बनाइएका पत्रकारको पुनर्बहाली गर्न शसक्त भूमिकाको खाँचो रहेको बताए । पत्रकार रमेश पौडेलले सञ्चारगृहले बिना कारण पत्रकार हटाउने परिस्थिति बन्द गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकारहरु रमेशचन्द्र बस्ताकोटी, गोविन्द अर्याल, केशव भट्टराई, अर्जुन अधिकारी, अनिता अर्याल, अपिल घिमिरे, प्रकाशबाबु खनाल, सन्दिपकुमार श्रेष्ठ, कमलमान श्रेष्ठ, अनिशा थापा, नेत्र गुरुङ, शिव शर्मालगायतले पत्रकार हकहितकोबारेमा बोलेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>