Breaking News

अब नेपालमा कम्युनिस्टहरुको गफ बिक्दैन : डा महत

Banner

चितवन, पुस १८-

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मिहेनत गरेर ल्याएको उपलब्धि फेरि उल्टोबाटो हिड्ने हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर महानगरपालिका–११ जखडीमाइमा गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो विचार राखेका हुन् । उनले कम्युनिस्टले हिजो नेपालमा गफ विकाएर निर्वाचन जिते पनि अब गफ नबिक्ने बताए । उनले भने, ओली सरकारले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सदर गरेमा तोकिएकै समयमा निर्वाचन हुनुपर्छ ।’ संसद पुनःस्थापना भए पनि स्वीकार्य भएको उनको विचार थियो । उनले ओली सरकारले संसद विघटन गरेर ठूलो गल्ती गरेको आरोप लगाए । संसद विघटनबारेको मुद्दाको छिटो छिनोफानो हुनुपर्ने उनको विचार थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>