Breaking News

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः चितवन र मकवानपुर विजयी

Banner

चितवन,पुस १७-

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट खेलमा चितवन र मकवानपुर विजयी भएका छन् । समूह बी को आज सम्पन्न खेलमा चितवनले ललितपुरलाई एक विकेटले तथा समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै ललितपुरले निर्धारित ४० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनायो । ललितपुरका लागि विवेक थापा मगरले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै विपिन आचार्यले ३५ तथा आदिल खानले २१ रनको योगदान दिनुभयो । बलिङतर्फ चितवनका दीपेश श्रेष्ठले ३ विकेट लिनुभयो ।

एक सय ९७ रनको लक्ष्य चितवनले ३७ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि प्रतीक श्रेष्ठ र गौतम केसीले ७६ रनको साझेदारी निभाउनुभयो । श्रेष्ठले अविजित रहँदै सर्वाधिक ५७ रन बनाउनुभयो । केसीले ५५ रनको योगदान दिनुभयो । यस्तै आकाश थापाले ४० रन बनाउनुभयो । बलिङतर्फ ललितपुरका सुमित झा र विपिन आचार्यले तीन/तीन विकेट लिनुभयो ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा आजै भएको समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको मकवानपुरले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनायो । मकवानपुरका लागि गौरव खड्काले सर्वाधिक ६० रन बनाउनुभयो । यस्तै विशाल फुयाँलले ५४ तथा कप्तान रामनरेश गिरीले ४४ रनको योगदान दिनुभयो । बलिङतर्फ नुवाकोटका अभिराज यादव, साकार रावत र अनुप श्रेष्ठले दुई/दुई विकेट लिनुभयो ।

दुई सय ६९ रनको लक्ष्य पछ्याएको नुवाकोटले २१ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो । नुवाकोटका कप्तान राजेश रिमालले १५ तथा प्रमोद रेग्मीले ११ रन बनाउनुभयो । मकवानपुरका लागि सुवर्ण भट्ट र पियुष शर्माले तीन तीन विकेट लिनुभयो । रिजल ढकाल र कप्तान रामनरेश गिरीले दुई दुई विकेट लिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>