Breaking News
राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै
०

काठमाडौं पुस १७-
राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा संसद सचिवालयले राष्ट्रिय सभाको कार्यसूची सार्वजनिक गरेको छ।
अपरान्ह ४ बजे सुरु हुने राष्ट्रिय सभा सातौं अधिवेशनमा सभाका अध्यक्ष गणेश तिमिल्सेनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने पनि कार्यसूचीमा छ ।
भोलिको बैठकमा समिति गठन आदेश, राष्ट्रिय सभाका समितिहरुको गठन सम्बन्धी आदेश अनुमोदनको लागि पेश हुने छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























