Breaking News
प्रतिनिधिसभा विघटनविरुद्धको धर्नामा प्रचण्ड-नेपाल पनि सहभागी
०

काठमाडौं, माघ १८ –
प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् । माघ १४ गतेदेखि जारी धर्ना कार्यक्रममा आइतबार अध्यक्षद्वय दाहाल-नेपाललगायतका नेता कार्यकर्ता सहभागी भएका छन्
धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् । प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलनअन्तर्गत धर्ना कार्यक्रम माघ २१ गतेसम्म जारी रहने दाहाल-नेपाल पक्षले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























