Breaking News

चितवनमा ‘लौन भोट हालिदिनोस्’ भनेर प्रचण्डलाई चुनाव जिताइएको हो: प्रधानमन्त्री ओली

Banner

काठमाडौँ, माघ १५-

प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ जंगल नबसेको दाबी गरेका छन् ।

नेपाल ट्रेड युनियन महासंघको भेलामा आज बोल्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता जंगलमा राखे पनि प्रचण्ड दिल्ली बसेको बताएका हुन्।

‘उहाँ जंगल बसेको होइन । त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो । जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो ।’

प्रधानमन्त्री ओलीले प्रचण्डलाई ०७४ सालको चुनावमा चितवनमा आफूहरूले जिताएको बताएका छन्।

‘०७४ मा चितवनमा उहाँलाई हामीले जिताएको हो । ठूला सभा गरेर । जनतालाई लौन भोट हालिदिनुस् भनेर आग्रह र अनुरोध गरेर जिताएको हो,’ ओलीले भने, ’०७० सालमा त बत्ती निभाएर, बाकस साटेर । त्यसअघि कीर्तिपुर हारेको । रोल्पा, सिरहा, कीर्तिपुर हुँदै चितवन जानुभयो अब कता जाने हो? जंगल जाने होइन ।’

उनले प्रचण्डले पार्टी छाडिसकेपछि सूर्य चिन्ह दाबी गरेको पनि बताएका छन् । ‘प्रचण्डले सूर्य चिन्हबाट एकपटक चुनाव लड्नु भयो ? कहिलेबाट तपाईंको भो सूर्य चिन्ह ?,’ उनले प्रश्न गरे, ‘पार्टी छोडेपछि सूर्य चिन्ह? दशा लागेपछि के लाग्छ ।’

उनले केही सञ्चार माध्यमले सरकारका राम्रा काम नदेखेको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले आफूविरूद्ध मुद्दाहरू दर्ता भइरहेकोले कानुन पढेकाहरूले काम पाइरहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>