चितवन विशेष
विरेन्द्र बहुमुखी क्याम्पसमा २१ जनाले गरे रक्तदान
०

चितवन, माघ १५ – विरेन्द्र बहुमुखी क्याम्पसमा बिहीबार २१ जनाले रक्तदान गरेका छन् ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, विरेन्द्र बहुमुखी क्याम्पसद्वारा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रममा क्याम्पस प्रमुख एवं प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष दयाराम पौडेलले विरेन्द्रका विद्यार्थीहरुले रक्तदान कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेका थिए ।
चितवनका विभिन्न अस्पतालमा रगतको अभाव भएको कुरालाई मध्यनजगर गर्दै रक्तदान कार्यक्रम गरिएको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, विरेन्द्र बहुमुखी क्याम्पसकी संयोजक पुजा कंडेलले बताइन् ।
कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, भरतपुर महानगरपालिकाका अध्यक्ष शरद काफ्ले, सचिव आदर्शन सापकोटालगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























