Breaking News

कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ, विद्यालयले पठाएको प्राप्ताङ्कमा नै समस्या

Banner

काठमाडौं, माघ १५-

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ ।

पुसमा नै नतिजा प्रकाशन गर्ने दाबी गरेको राष्ट्रिय परीक्षा बोर्डले धेरै समयपछि बल्ल कामलाई अन्तिम चरणमा पु¥याएको हो । छिट्टै नतिजा आउँछ भनेर विभिन्न विश्वविद्यालयका कतिपय कलेजहरुले स्नातक तहमा भर्ना खुलाइ सकेका छन् । तर, सम्बन्धित विद्यालयले पठाएको प्राप्तांक र विद्यार्थीको हाजिरी कपी रुजू गर्न समय लागेकोले अनुमान गरेको समयमा नतिजा प्रकाशन गर्न नसकिएको बोर्डले स्वीकार गरेको छ ।

बोर्डका अनुसार विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम सकिएको छ । विद्यार्थीको हाजिरीकापी रुजु गर्ने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।

अहिलेको कामको गति अनुसार प्रक्रिया अघि बढेमा दुई दिनभित्रै नतिजा सार्वजनिक गर्न सकिने बोर्डको भनाइ छ । कोभिड १९ का कारण कक्षा १२ को परीक्षा सञ्चालनको जिम्मेवारी यसपटक बोर्डले सम्बन्धित विद्यालयलाई नै दिएको थियो । बोर्डले कुल पूर्णाङकको ४० प्रतिशत मात्रै लिखित परीक्षा सञ्चालन गरेको थियो ।

त्यसबाहेक ४० प्रतिशत अंक कक्षा ११ को मूल्यांकन गरेर र २० प्रतिशत विद्यालय आफैले मूल्यांकन गरेर दिनसक्ने निर्णय बोर्डले गरेको थियो । तर विद्यालयबाट प्राप्त नतिजा क्रमवद्ध रुपमा नआएकोले डाटा इन्ट्री गर्न तथा रुजू गर्न समस्या हुँदा नतिजा प्रकाशनमा ढिलाइ भएको यसअघि नै बोर्डले स्वीकार गरिसकेको छ ।

बोर्डले यसअघि पुस महिनाभित्रमा कक्षा १२ को नतिजा सार्वजनिक गरिसक्ने योजना बनाएको थियो । कक्षा १२ मा यो पटक ४ लाख ३१ हजार परीक्षार्थी सहभागी थिए । ४ हजार १ सय केन्द्रमा परीक्षा चलेको थियो । सबै केन्द्रको हाजिरी रुजु गर्नुपर्ने भएकोले समस्या भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>