मकवानपुर

हेटौंडामा आज प्रहरीले संगीत थेरापी कार्यक्रम गर्दै

Banner

चितवन, माघ १५-

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसलगायतका विविध समस्याका कारण तनावको अवस्था महसुस गर्ने आम नागरिकलाई वागमती प्रदेश प्रहरीले आज संगीत थेरापी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रेषित गरेको विज्ञप्तिमा आज साँझ ४ बजे हेटौंडाको बुद्ध चोकमा प्रदेश प्रहरी ब्याण्डद्वारा संगित थेरापी गर्न लागिएको जनाइएको छ । वागमती प्रदेश प्रहरीले पहिलो पटक आयोजना गर्न लागेको उक्त कार्यक्रममा प्रदेश प्रहरी व्याण्ड गुल्मद्वारा विभिन्न प्रकारका सांगीतिक धुनहरु मार्फत् तनाव व्यवस्थापनको प्रयास गरिने हुँदा उक्त कार्यक्रममा स्वास्थ्य सुरक्षाप्रति पूर्ण सावधानी अपनाउँदै कार्यक्रममा आम नागरिकलाई सहभागी हुन प्रहरीले विज्ञप्तिमा अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>