चितवन विशेष

विप्लव निकट विद्यार्थी संगठनद्धारा भोली चितवनका शैक्षिक संस्था बन्द आब्हान

Banner

चितवन,माघ १४-

सरकारद्धारा प्रतिबन्धित विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले भोली (विहिवार) चितवनका शैक्षिक संस्था बन्दको आब्हान गरेको छ । प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै बन्द आब्हान गरिएको हो ।

संगठनले आज एक विज्ञप्ती जारी गर्दै श्रेष्ठको रिहाइको माग गर्दै बन्द आब्हान गरिएको जनाएको छ । श्रेष्ठलाई यही ९ गते भरतपुरको सप्तगण्डकी क्याम्पस चोकबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई म्याद थप गरी कारवाही प्रकृया अघि बढाएको प्रहरीले जनाएको छ ।

विज्ञप्ती हेर्नुहोसः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>