Breaking News

देशभर ५३४ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

Banner

काठमाडौँ, पुस १६-

नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ६० हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या दुई लाख ५२ हजार ३५९ पुगेको छ । गत २४ घण्टामा ६ हजार पीसीआर परीक्षण भएको छ । हाल देशभर ६ हजार ३७८ सय जना सक्रिय संक्रमित रहेका छन् भने ३६२ जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ८५६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>