मनोरञ्जन

मिसेस तामाङ–२०२० बनिन् आकृति

Banner

काठमाडौँ, पुस १६-

एसके इन्टरटेनमेन्ट प्रालिले गरेको मिसेस तामाङ–२०२० को ताज आकृति तामाङले पहिरन सफल भएकी छन् ।

उनले ताजसँगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाइटल समेत जित्न सफल भएकी थिइन् । त्यसैगरी क्रान्ति लामा योञ्जन फस्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका थिए।

वाग्मती प्रदेशको उपसभामुख राधिका तामाङको आतिथ्यतामा राजधानीमा भएको उक्त प्रतियोगितामा पूर्वमन्त्री पर्शुराम तामाङ र धन बहादुर घले अतिथिको रुपमा रहेका थिए । बिगत तीन वर्षदेखि एसके. इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकहरु केशब थापा, शान्ति वाइबा तामाङ, रोशन तामाङ, वीरेन्द्र वाइबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ रहेका थिए ।

प्रतियोगिताका बिजेताहरुले नगद ५०, २५, १५ र १० हजार रुपैयाँ सहित विभिन्न उपहारसमेत पाएका थिए । तामाङ जातिको कला संस्कृति भेषभूषा, रीतिरिवाज, रहनसहनलाई उजागर गर्दै विवाहित गृहिणी र व्यवसायिक तामाङ महिला दिदीबहिनी मार्फत् अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रियस्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण गर्ने उद्देश्यले आयोजना गरिएको मिसेस तामाङ–२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उद्देश्य हो ।

प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिनासम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्प्रधीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन् । प्रतियोगीहरुले आफूले सिकेको ज्ञानलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा विश्वास बढाएर भोलिको दिनमा ट्रेनिङबाट सिकेको कुरालाई उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङले बताइन् । यस सौन्दर्य प्रतियोगिताले बिवाहित तामाङ नारी बीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी बिस्वस्त छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>