Breaking News
नेकपा प्रचण्ड-माधव पक्षले शेरधन राईलाई संसदीय दलको नेताबाट हटायो
०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।
बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–माधव समूहले आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिसकेको छ ।
प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























