Breaking News

ओली गणतन्त्र विरोधी हुन्, उनलाई यो व्यवस्था प्रति कुनै माया छैनः माधव नेपाल

०
Banner

काठमाडौं, पुस १४–

नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको आरोप लगाएका छन् । संसद् विघटनविरुद्धमा नेकपा (दाहाल–नेपाल) पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले भने–‘ओली गणतन्त्रविरोधि हुन्, यो व्यवस्थाप्रति उनलाई माया छैन।’ उनले थपे– ‘कसरी ओलीले आन्दोलनको सन्दर्भ, गणतन्त्रको आन्दोलनका खिसिट्युरी गरेका थिए । उहाँले भन्नु भएको थियो वयलगाढा चढेर वासिङ्टन पुग्न सकिँदैन । महामहिम केपी ओलीले बोल्नु भएको थियो । त्यसकारण उहाँलाई गणतन्त्रप्रति माया छैन । परिवर्तनपछि माया छैन,’ नेपालले भने, ‘यो व्यवस्थाप्रति माया छैन । संघीयताविरुद्ध, संविधानविरुद्ध, लोकतन्त्रका मूल्यमान्यताविरुद्ध एकपछि अर्को कदम चाल्नु भएको छ । त्यसकारण जनता सडकमा उत्रेका छन् । नेकपामात्रै होइन अन्य दल पनि सडकमा उत्रेका छन् । २२ दलीय वामपन्थी मोर्चा पनि सडकमा उत्रेको छ ।’

उनले निरंकुश बाटो समातेका केपी ओली एण्ड प्रवृत्तिको आयु पुगेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>