Breaking News

धरहरा केपी ओलीले होइन, सिकर्मीले बनाएका हुन्ः झलनाथ खनाल

Banner

काठमाडौं, पुस १४–

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा केही पनि उल्लेखीय काम गर्न नसकेको आरोप लगाएका छन् । उनले काम गर्न नसकेको बारेमा प्रश्न गर्दा उल्टै तपाईहरुले काम नदेखेका आरोप लगाउने गरेको सुनाए ।

संसद् विघटनको विरुद्धमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै खनालले भने, ‘३ वर्ष खेर गएको छ । उहाँलाई किन काम गर्न सक्नुभएन भन्दाखेरि उहाँले विश्वलाई चकित पार्ने गरी काम गरराखेको छु, तपाईंहरूमात्रै देख्नुहुन्न भन्नुहुन्थ्यो । धरहरा, रानीपोखरी बनाएको छु भन्नुहुन्थ्यो । तर रानीपोखरी धरहरा त सिकर्मीले बनाएका हुन् ।’

प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था गरिएको कुरा कार्यान्वयन गर्नुपर्नेमा त्यसो नगरेको खनालको भनाइ थियो । निर्वाचनमा नेकपाको विजय भएको तर त्यसलाई प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत जीतका रूपमा व्याख्या गरेको खनालको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>