Breaking News

संसद विघटनविरुद्ध काठमाडौंमा प्रचण्ड–माधव समूहको प्रदर्शन सुरु (फोटो फिचर)

Banner

काठमाडौं, पुस १४–

संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहको प्रदर्शन संघीय राजधानी काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ । अहिले जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ ।

टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मिकीबाट गणेश साहले जुलुशको नेतृत्व गरेका छन् ।

जुलुसमा नेकपा चितवनको समेत सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>