Breaking News

प्रचण्ड–माधव समूहले आज देशभर प्रदर्शन गर्दै, वाग्मती प्रदेश जिल्लाका कार्यकर्ता काठमाडौंमा उत्रिदै

Banner

काठमाडौं, पुस १४–

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले आज (मंगलबार) संसद विघटनको विरोधमा देशभर विरोध प्रदर्शन गर्दै छ । संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानहरुमा प्रदर्शन हुन लागेको हो ।

काठमाडौंमा हुने विरोध प्रदर्शनमा भने ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छन् ।

यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>