Breaking News

प्रचण्ड–माधव समूहले आज देशभर प्रदर्शन गर्दै, वाग्मती प्रदेश जिल्लाका कार्यकर्ता काठमाडौंमा उत्रिदै

०
Banner

काठमाडौं, पुस १४–

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले आज (मंगलबार) संसद विघटनको विरोधमा देशभर विरोध प्रदर्शन गर्दै छ । संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानहरुमा प्रदर्शन हुन लागेको हो ।

काठमाडौंमा हुने विरोध प्रदर्शनमा भने ५० हजार कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस सुरु हुने छन् । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस सुरु हुने छन् ।

यसैगरी रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकालिने छ । ती जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुने र शीर्ष नेताहरुले सम्बोधन गर्ने प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा दैनिकजसो आन्दोलन हुँदै आएको छ । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>