Breaking News

चितवनमा आज कुन–कुन ठाउँमा हुँदैछ काँग्रेसको प्रदर्शन ?

Banner

चितवन, पुस १३–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले आज (सोमबार) चितवनसहित देशैभर प्रदर्शन गर्दै छ । यसपटक काँग्रेसले निर्वाचन क्षेत्र अनुसार प्रदर्शन गर्दैछ ।

चितवनमा प्रतिनिधि सभा अन्तरगत तीन वटा निर्वाचन क्षेत्र छन् ।

चितवनमा क्षेत्र नं.१ अन्तरगत पर्सा बजारको चौविसकोठी, क्षेत्र नं.२ अन्तरगत चौविसकोठी भरतपुर र क्षेत्र नं.३ अन्तरगत चनौली बजारमा प्रदर्शन गर्न लागिएको काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनमा सम्पूर्ण प्रजातन्त्रप्रेमीहरुलाई निमन्त्रणा गरिएको सभापति श्रेष्ठले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>