Breaking News

राष्ट्रपतिद्वारा पुस १७ गतेका लागि राष्ट्रिय सभा अधिवेशन आह्वान

Banner

काठमाडौं,पुस १३-

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको स‌ंविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस १७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा अधिवेशन आह्यवान गरेको आइतबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>