चितवन विशेष

चितवनमा होटल व्यवस्थापन तालिम सम्पन्न

Banner

चितवन, पुस १२-

उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षामा सञ्चालित दुई हप्ते होटल व्यवस्थापन एवम् कुकिङ तालिम आज सकिएको छ ।

तालिम उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् चितवन होटल व्यवसायी संघको सहभागितामा गत पुस २८ गतेदेखि सुरु भएको थियो । तालिमको समापनमा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्दै संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले कोभिड–१९ का कारण बढी प्रभावित भएको क्षेत्र मध्ये होटल व्यवसाय एक भएकोले यस व्यवसायलाई पुर्वावस्थामा ल्यानमा सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।

कार्यक्रममा श्रेष्ठले पाक कला एवम् प्रस्तुतिमा विविधिकरण ल्याउन सकेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्दै आफूले सिकेको सिप दैनिक जीवनमा प्रयोग गर्न प्रशिक्षार्थीलाई अनुरोध गरे । सोही कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य एवम् तालिम व्यवस्थापन समितिका संयोजक योगिता पियाले होटल व्यवसायीले सेवा दिने सन्दर्भमा आफू पनि ग्राहक हो भन्ने मनमा राखी सेवा दिनुपर्ने बताउँदै सहभागीको व्यवसायिक सफलताको कामना गरे । सोही कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सुदिप भट्टले उद्योग वाणिज्य संघ–चितवनले यस किसिमको व्यवहारिक तालिमको प्रशिक्षक हुने अवसर प्रदान गरेकोमा आभार व्यक्त गर्दै तालिमको समापनसँगै कार्यक्षेत्रमा भने आज देखिनै सुरु हुने बताए । होटल व्यवसायीलाई लक्षित गरी आयोजना गरिएको दुई हप्ते तालिममा होटल व्यवसाय गर्ने २५ जना व्यवसायीको सहभागिता रहेको थियो । प्रशिक्षार्थीको तर्फबाट मन्तब्य राख्दै मोहनकुमार बरालले दुई हप्ताको तालिम पश्चात आफूमा होटल सञ्चालन र व्यवस्थापन गर्ने सिप विकासका साथै आत्मबलमा वृद्धि भएको बताउँदै आयोजक प्रति आभार व्यक्त गरे ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष चिरञ्जीवी सुवेदी, होटल व्यवसायी संघ चितवनका पूर्वअध्यक्ष कमल शर्मा गौतमलगायतले मन्तव्य राखेका थिए । दुई हप्तासम्म सञ्चालन भएको उक्त कार्यक्रममा सुदिप भट्ट र सुमन अधिकारी प्रशिक्षक रहेका थिए । उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम संघका व्यवस्थापन सहायक गणेश सुवेदीले सञ्चालन गरेका थिए । विविध व्यवसायीहरुलाई लक्षित गरी कार्यक्रम तय भएता कोभिड १९ का कारण कार्यक्रम सञ्चालन गर्न नपाइएको तर अबका दिनमा निरन्तर रुपमा यस किसिमका कार्यक्रमहरु आयोजना भइरहने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>