Breaking News

अदालतलाई सुरेन्द्र पाण्डेको चेतावनीः कानुन हेरेर निर्णय गर्नुहोला, अनुहार हेरेर निर्णय गरे कोही बाँकी रहँदैन

०
Banner

चितवन, पुस १२–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतलाई कसैको अनुहार हेरेर निर्णय गरिए कोही पनि बाँकी नरहने चेतावनी दिएका छन् ।

आज (आइतबार) चितवनको भरतपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन् । संसद विघटन सम्बन्धि रिटमा सर्वोच्चमा सुनुवाई चलिरहेको छ । सर्वोच्चले सरकारलाई साथ दिने आशंका भइरहेको बेला नेता पाण्डेले यस्तो चेतावनी दिएका हुन् । उनले भने–‘संविधानको दफा र कानुनको व्यवस्था हेरेर निर्णय लिनुहोला, कसैको अनुहार हेरेर निर्णय गरिए कोही पनि सुरक्षित रहेनवाला छैन ।’

यस्तै नेता पाण्डेले प्रतिनिधि सभा विघटन गर्नु सरकारको प्रतिगामी कदम भएको टिप्पणी गरे । उनले चुनाव चिन्ह सूर्य आफूहरुकै रहने दावी गर्दै यसमा कसैको दावा नरहने दावी गरे । ‘यो घरमा उहाँको दावा रहदैन, घर छोडेर जानेले अर्को घर बनाउने हो, चुनाव चिन्ह उहाँहरुले अर्के बनाउने हो ।’ उनले थपे–‘कानुनी र संवैधानिक हिसाबले हामी आधिकारिक नेकपा हौं, माइन्यूट चोरेर लैजादैमा आधिकारिक पार्टी भइदैन ।’

उनले आफूहरुको पक्षमा २९७ केन्द्रीय सदस्य रहेको भन्दै यस बारे निर्वाचन आयोगलाई जानकारी गराइ सकिएको बताए । नेता पाण्डेले नेकपा विभाजन नभएको दावी गर्दै केपी ओली समूह चोइटिएर गएको टिप्पणी गरे । ‘पार्टी विभाजन भएको छैन, उहाँ चोइटिएर गएका हुन्, केपी ओलीमा पार्टी विभाजन गर्ने हैसियत छैन’–नेता पाण्डेले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>