Breaking News
झडपको स्थितिमा पुगे नेकपाका कार्यकर्ता, कञ्चनपुरमा दुई पक्षबीच हात हालाहाल
०

कञ्चनपुर, पुस १२–
राजनीतिक रुपमा विभाजित भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु एकअर्कालाई आरोप प्रत्यारोप लगाउनु नौलो कुरा होइन ।
तर उनीहरु यति तल्लो अवस्थामा पुगेकी हातहालालाको अवस्थामा सम्म आइपुगे । त्यसको उदाहरण बन्यो कञ्चनपुर नेकपा । यहाँका ओली पक्ष र प्रचण्ड–माधव पक्षबीचका कार्यकर्ता हातहालाहालको अवस्थामा नै पुगे ।
नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएपछि प्रचण्ड–नेपाल पक्षले ताला खोल्न खोजेको थियो।
त्यही क्रममा भीडमा एकअर्कालाई धकेलाधकेल भएपछि विवाद भएको बुझिएको छ। अहिले पार्टी कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























