Breaking News

प्रदेश १ का मुख्यमन्त्री शेरधन राइविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Banner

विराटनगर, पुस १२–

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज (आइतबार) अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयमा विहान दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । पछिल्लो समय नेकपाको विवाद प्रदेशस्तरमा पुगेको छ । प्रचण्ड–माधव पक्षले अविश्वसको प्रस्ताव दर्ता गरेको हो ।

यसअघि सो पक्षले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

यसअघि आजै प्रदेशका एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री राइले हिजो कानुन मन्त्रीलाई बर्खास्त गरेपछि आज थप तीन जना मन्त्रीले राजीनामा दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>